काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेका बेला अधिकार नपाएको भन्दै २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् ।
पार्टीको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधिसरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा गरिएको छ । महाधिवेशनको मुखैमा केन्द्रीय नेताहरूले विद्रोह गरेका छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आफूले राजीनामाको घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले बताएका छन् ।
कांग्रेसमा क्रियाशील सदस्यता विवादले महाधिवेशन लम्बिँदै गइरहेका बेला केन्द्रीय नेताहरूको अर्काे समस्या निम्तिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।