शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा सरकारको ऐतिहासिक निर्णय : अब विद्यार्थीलाई परीक्षा प्रवेशपत्रका आधारमा कोरोना खोप

देउवा सरकारको ऐतिहासिक निर्णय : अब विद्यार्थीलाई परीक्षा प्रवेशपत्रका आधारमा कोरोना खोप

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०७८

  • 4.2K
    SHARES

  • देउवा सरकारको ऐतिहासिक निर्णय : अब विद्यार्थीलाई परीक्षा प्रवेशपत्रका आधारमा कोरोना खोप

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विद्यार्थीलाई परीक्षा प्रवेश पत्रका आधारमा खोप दिने निर्णय गरेको छ ।

    विश्वविद्यालयको परीक्षामा सहभागी हुने २० वर्षमाथिका विद्यार्थीलाई परिचय पत्रका आधारमा कोभिड–१९ विरुद्धको खोप दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

    राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वविद्यालय तहका परीक्षार्थीहरूले प्रवेश पत्रका आधारमा काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्ध खोप प्राप्त गर्न सक्नुहुन्छ । यसबाहेक सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था छ ।’

    यसअघि विद्यार्थी संगठनले प्रवेशपत्रका आधारमा विद्यार्थीले खोप पाउनुपर्ने माग गर्दै आएका थिए । देउवा सरकारले विद्यार्थीको माग सुनुवाइ गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend