शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

सत्तारुढ दलनिकट विद्यार्थीले सरकारलाई गरे खबरदारी : तत्काल खोप चाहियो

सत्तारुढ दलनिकट विद्यार्थीले सरकारलाई गरे खबरदारी : तत्काल खोप चाहियो

  • मिडिया डबली
  • सोमवार, श्रावण २५ २०७८

  • 3.7K
    SHARES

  • सत्तारुढ दलनिकट विद्यार्थीले सरकारलाई गरे खबरदारी : तत्काल खोप चाहियो

    काठमाडौं – सत्तारुढ दलनिकट विद्यार्थी संगठनले सरकारलाई खबरदारी गर्दै विद्यार्थीका लागि तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका छन् ।

    नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीलाई प्रवेशपत्र देखाएर खोप लगाउने व्यवस्था गर्न आग्रह गरेका छन् ।

    नेविसंघका महामन्त्री दीपक भट्टराईले भने, ‘कोभिडका कारणले विद्यार्थी वर्ग सबैभन्दा बढी असुरक्षित छन् र हामीले विद्यार्थीहरूलाई खोपको निम्ति यसअघि नै बारम्बार आग्रह गरिरहेकै छौं, सरकारले सुनिरहेको छैन र अन्तिम पटक भन्दैछौं – सम्पूर्ण परीक्षार्थीहरूलाई प्रवेशपत्रका आधारमा खोपको व्यवस्था गर ।’

    229471858_151144043815769_994957232323840775_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend