काठमाडौं - संस्कृतमा एउटा श्लोक छ– अल्पज्ञानम् भयंकरम् । प्रधानमन्त्री केपी ओलीमा ठीक त्यस्तै प्रवृत्ति देखिन्छ । जसकारण सम्बन्धित क्षेत्रका विद्वान्हरूले लाजले भुतुक्कै हुन्छन् ।
जहाँ जस्तो कार्यक्रम हुन्छ त्यहाँ त्यही किसिमको विद्वता छाँट्ने ओलीको पुरानै बानी हो । खेलकुदको कार्यक्रममा गए खेलाडी, कलासंगीतको कार्यक्रममा गए स्रष्टा, वैज्ञानिकहरूको सम्मेलनमा गए उनले आफूलाई वैज्ञानिक भएको दाबी पेस गर्ने गर्छन् । त्यसैले उनलाई सर्वज्ञानी प्रधानमन्त्री भनेर उपमा दिइएको छ ।
अहिले फेरि ओली चर्चामा आएका छन् । अघिल्लो वर्षको लकडाउनमा कोरोना सोरोना केही होइन, तातोपानी खाने हाच्छ्यु साच्छ्यु गरेर भगाउनुपर्छ, अम्बाको पात गार्गिल गरेर कोरोना परास्त गर्नुपर्छ भनेर टिप्स दिने ओली अहिले जनैखटिराको उपचारको टिप्स दिएर चर्चामा आएका छन् ।
बुधबार साँझ होटल मेरियटमा प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै दुई घण्टा वार्ता भयो । एमाले विवाद सल्ट्याउन भन्दै कार्यदलको पहलमा भएको वार्तामा दोस्रो पुस्ताका नेताहरूसमेत थिए ।
त्यसअघि ओली र नेपालबीच ५० मिनेट वान अन वान वार्ता भएको थियो । त्यसबेला सञ्चो बिसञ्चोको औपचारिकता भएको बताइन्छ । त्यही क्रममा नेता नेपालले पेटमा जनै खटिराजस्तो पानीसरा आएको बताएपछि प्रधानमन्त्रीले ‘खै खै’ भन्दै नेपालको पेट हेर्न खोजेका थिए ।
उनले पानीसराको औषधि बताउँदै नेपाललाई टिप्स दिए– ‘कालो तिल आफैँले चपाएर थपकथपक लगाइदिनुहोला । तिल चपाउँदा पनि आनन्द आउँछ । चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदिनुहोस् । त्यसरी लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, फोका, त्यो जीलजील गर्ने फोकाहरू समाप्त हुन्छ र बिस्तारै केही घण्टाभित्र सुक्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।