काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने विश्वास व्यक्त गरेका छन् ।
र्आइतवार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने अपेक्षा गर्नुपर्ने बताएका छन् ।
प्रवक्ता शर्माले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई पनि केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरूको हातमा रहेको बताएका छन् ।
‘न्यायको फैसला गरिँदै गर्दा संविधानको चिसा अक्षरहरूलाई मात्रै होइन । त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ । त्यो राख्ने कर्तव्य अहिले पनि सम्मानित संवैधानिक इजलासका न्यायमूर्तिहरूको छ,’ शर्माले भने ।
उनले लोकतन्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने बताएका छन् । शर्माले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रूपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको समेत औंल्याएका छन् ।
‘लोकतन्त्रका लागि लोकतान्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्छ । विद्यार्थीहरू बेरोजगारको पीडालाई सम्बोधन गर्ने भनेर जाँदै गर्दा उनीहरूभित्र समानताको समाजका लागि सामाजिक रूपान्तरणको मुद्दा विद्यार्थी आन्दोलनको मुद्दा बन्नुपर्छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।