सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images
आजको विशेष

ओली सरकारले नियुक्त गरेका भिसी रक्सी पिएर वार्तामा आएपछि स्थिति तनावग्रस्त

ओली सरकारले नियुक्त गरेका भिसी रक्सी पिएर वार्तामा आएपछि स्थिति तनावग्रस्त

  • मिडिया डबली
  • बुधवार, आषाढ १६ २०७८

  • 24.2K
    SHARES

  • ओली सरकारले नियुक्त गरेका भिसी रक्सी पिएर वार्तामा आएपछि स्थिति तनावग्रस्त

    काठमाडौं - उपकुलपति पद आफैंमा सम्मानित पद हो । व्यक्तिको योग्यता र दक्षतालाई मूल्यांकन गर्दै सरकारले उसलाई नियुक्ति गर्ने गर्छ । तर, केपी ओली सरकारले नियुक्त गरेका एक उपकुलपतिले रक्सी पिएर ताण्डव मच्चाएका छन् ।

    सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँगको वार्तामा उपकुलपति डा. ज्ञानेन्द्र गिरी रक्सी पिएको असामान्य अवस्थामा भेटिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

    मंगलबार राति संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका गिरी आफैं भने मादक पदार्थ पिएर असामान्य अवस्थामा बोल्न थालेपछि संघर्ष समितिले वार्तास्थल छाडेर बाहिरिएको थियो ।

    मध्यरातिसम्म पनि उनको अवस्था असामान्य अवस्थामै रहेपछि बुधबार थप आन्दोलनका कार्यक्रम गर्ने गरी चिकित्सक र कर्मचारी हिँडेका थिए ।

    धरान उपमहानगरपालिकाका मेयर तिकल राईले समेत मंगलबार राति दुई घन्टासम्म वार्ता गर्दा पनि उनी मापसे परीक्षण गर्न सहमत नभएपछि स्थिति तनाव बनेको हो ।

    प्रतिष्ठानमा अर्बौ भ्रष्टाचार भएको, भएका उपकरण जडान नगरिएको, प्रतिष्ठानलाई तहसनहस बनाउन लागेको भन्दै त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी दुई सातादेखि आन्दोलित बनेका छन् ।

    उपकुलपतिको मेडिकल जाँच गर्नुपर्ने र उपकुलपति सहित चारै जना पदाधिकारीहरुको राजिनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend