काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पार्टी नीति विपरीत काम गरेको खुलासा गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले कोरोनाको सन्दर्भमा प्रशंसनीय योजना ल्याएकोमा बधाई समेत दिएका छन् ।
प्रवक्ता शर्माले लेखेका छन्, ‘अरुको सरकारले गल्ती गरे गल्ती, आफ्नोले गरे सत्कर्म हुंदैन ! कोरोना सन्दर्भमा प्रशंसनीय योजनाका लागि बधाई गण्डकी सरकार ! तर सांसद विकास कोषले परिचित कार्यक्रम कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ बैशाख १७ गतेको निर्णय विपरीत छ । राजनीतिमा रूपान्तरण आफ्नाको गल्ती छोपेर होइन औंल्याएर !’
प्रवक्ता शर्माले कांग्रेसको त्यो निर्णयलाई समेत ट्विटरमा राखेका छन् । हेर्नुहोस् ९ नम्बरमा कांग्रेसको निर्णय –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।