काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीबाट पहिलोपटक प्रदेशको मुख्यमन्त्री बनेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सुझाव पत्र पठाएका छन् ।
सामाजिक सञ्जालमा सुझावपत्र सार्वजनिक गर्दै प्रवक्ता शर्माले राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्ने र आलोचित हुन एक गल्ती वा भ्रम नै काफी हुने भएकाले फुकेर चल्न, सोचेर बोल्न आग्रह गरेका छन् ।
शर्माले ट्विटरमा लेखेका छन्, ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यू ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सही निर्णय गर्नोस्, समय शंवेदनशील छ ! बधाई र शुभकामनासहित संक्षिप्त सुझाव पत्र !’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।