काठमाडौं - हिजो नेकपा र आज एमाले फुटाउन मरिमेटेर लागेका ईश्वर पोखरेलले पार्टी एकता गर्न आह्वान गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै तीन दिनअघि मात्र उपप्रधानमन्त्रीबाट समेत निकालिएका पोखरेलले एमालेलाई गोलबन्द गर्न आह्वान गरेका हुन् ।
एमाले महासचिवसमेत रहेका पोखरेलले सरकारमा प्रधानमन्त्री केपी ओलीले ढिम्कनै नदिएपछि पार्टी एकताका लागि आफूले भूमिका खेल्ने दाबी गरेका छन् ।
कोभिडसम्बन्धी स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा मुछिएपछि ओलीले पोखरेलको रक्षामन्त्री खोसेर आफैंले राखेका थिए । विना विभागीय मन्त्री र उपप्रधानमन्त्रीमा सीमित गरिएका पोखरेलको ओलीले सीसीएमसीको संयोजक पद पनि खोसेका थिए । अन्तिममा उनको उपप्रधानमन्त्री नै खोसिएपछि पोखरेल रुन्चे हाँसो हाँस्न बाध्य छन् ।
‘दुर्भाग्य नै हो (यतिवेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिँदैछ,’ पोखरेलले भनेका छन् ।
एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पोखरेलले एकोहोरो प्रचण्डलाई खेद्दै आए । पछि पार्टी नै अलग भयो । अहिले पोखरेल माधव नेपाल पक्षलाई एमालेबाट खेद्न पाए ठूलो भाग खान पाउने आशमा छन् ।
त्यसैले उनले मुखले एकता र मनले विभाजन खोजिरहेको बताइन्छ । आफ्नो स्वार्थका लागि पोखरेल जस्तोसुकै कदम चाल्न पछि पर्दैनन् भन्ने कहावत एमालेमा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।