सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

भारतले सबैभन्दा पहिले नेपाललाई खोप उपलब्ध गरायो, धन्यवाद : केपी ओली

भारतले सबैभन्दा पहिले नेपाललाई खोप उपलब्ध गरायो, धन्यवाद : केपी ओली

  • मिडिया डबली
  • शुक्रवार, जेठ २१ २०७८

  • 4.8K
    SHARES

  • भारतले सबैभन्दा पहिले नेपाललाई खोप उपलब्ध गरायो, धन्यवाद : केपी ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाललाई सबैभन्दा पहिले कोरोना भाइरस संक्रमणविरुद्ध खोप उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

    बीबीसी हिन्दीका पत्रकार शालु यादवलाई अन्तर्वार्ता दिँदै ओलीले कोरोना महामारीका बेला भारतबाट अक्सिजन र औषधि प्राप्त भएकोमा खुसी व्यक्त गरे ।

    ‘अक्सिजन र औषधि लगायतका धेरै कुरा पाइरहेका छौं । सबैभन्दा पहिले खोप पनि उपलब्ध गरायो । त्यसका निम्ति भारतलाई धन्यवाद,’ अन्तर्वार्तामा ओलीले भने ।

    अन्तर्वार्तामा ओलीले भारतसँग विगतमा अमझदारी भएको भएपनि अहिले भने हटेको बताए । ‘हो, कहिलेकाहीँ असमझदारीहरू थिए तर अब ती असझदारी हटेका छन् । कुनै समय असमझदारी थियो । हामी त्यसैमा अल्झिएर बस्नु हुँदैन । भविष्य हेरेर अगाडि बढ्नुपर्छ,’ ओलीले भने, ‘केही अँध्यारा र काला पक्षहरू थिए । त्यसमा अल्झिनु हुँदैन । हामीले अहिले उज्यालो पक्षलाई अगाडि बढाउनुपर्छ । हामीले सकारात्मक पक्षलाई अगाडि बढाउनुपर्छ ।’

    प्रधानमन्त्री ओलीले नेपाल र भारतको मित्रतालाई हेरेर भारतले पूर्ण सहयोग गर्नुपर्ने बताएका छन् ।

    अन्तर्वार्तामा ओलीले भने, ‘म अनुरोध गर्छु कि नेपाललाई अरु देशभन्दा फरक ढंगले, किनकि हामी त्यस्तो छिमेकी हौं, जहाँ खुला सिमानामा दुवैतिर खेत छन् । कहीँकहीँ त दशगजा कहाँ छ, थाहा छैन । मानिसहरूबीच हरेक कुराका निम्ति आवतजावत हुन्छ । यी र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend