काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठकको आकस्मिक बैठक बोलाएका छन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शनिवार अपराह्न ४ बजे बस्ने गरी पार्टी स्थायी कमिटी बैठक डाँकेका छन् ।
बैठकमा नेता माधवकुमार नेपाल पक्षलाई कारवाही गर्नेबारे निर्णय हुनसक्ने एमाले स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरिएको छ ।
एमालेकै नेता नेपाल पक्षले संसद विघटनको विरोध गरिरहेको छ । नेपाल पक्ष नेपाली कांग्रेस सहितका विपक्षी दलसँग मिलेर विघटनविरुद्ध रणनीति बनाउने कार्यमा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।