मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

कुनै पनि कम्युनिस्टको सरकारमा कांग्रेस जानै हुँदैन : प्रकाशशरण महत

कुनै पनि कम्युनिस्टको सरकारमा कांग्रेस जानै हुँदैन : प्रकाशशरण महत

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १९ २०७७

  • 2.3K
    SHARES

  • कुनै पनि कम्युनिस्टको सरकारमा कांग्रेस जानै हुँदैन : प्रकाशशरण महत

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि कम्युनिस्ट घटकको नेतृत्वको सरकारमा कांग्रेस जानै नहुने बताएका छन् ।

    नेपाली कांग्रेस ओखलढुंगाले स्व. नेता मित्रसेन दाहालको १३ औं पुण्यतिथिमा काठमाडौंमा बुधवार गरेको श्रद्धाञ्जलि सभामा सहमहामन्त्री डा. महतले कम्युनिस्ट घटकको नेतृत्वमा कांग्रेस सरकारमा जान नहुने बताए । 

    images
    images

    सरकारको नेतृत्व गर्ने जिम्मेवारी लिनुपर्ने अवस्था आएमा भने कांग्रेसले लिनुपर्ने डा. महतले तर्क गरे । महतले कांग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसँग मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

    ‘अहिले नेपाली कांग्रेस पार्टी चाहिँ पर्ख र हेरको नीतिमा छ । यद्यपि धेरै समयसम्म पर्ख र हेर गरिरहन सक्दैनौं । २३ गते संसदको बैठक छ । बैठकको पहिलै दिन सबै टुंगिने पनि होइन । बैठकको प्रारम्भ हो । त्यसपछि कम्युनिस्ट पार्टी कसरी, २ वटा घटक कसरी प्रस्तुत हुन्छ, त्यसलाई हेरेर नेपाली कांग्रेसले आफ्नो रणनीति बनाउनुपर्छ । अहिले नै हौसिएर फलानोसँग समीकरण गर्ने भन्यौं भने त्यो अपरिपक्व हुन्छ । त्यो गुट ओलीसँग जुट्छ कि ? त्यो पनि प्रयास भएका छन् । देशी–विदेशी सबै प्रयासहरू संलग्न छन् । अहिले पार्टीले लिएको पर्ख र हेरको नीति उपयुक्त नीति छ । सरकार निर्माणमा नेपाली कांग्रेसको भूमिकाको आवश्यकता पर्‍यो, त्यस्तो परिस्थिति आयो भने त्यसबेला नेपाली कांग्रेसले निर्णय गर्नुपर्छ । निर्णय गर्न नेपाली कांग्रेस सक्षम छ,’ उनले भने ।

    उनले अगाडि भने, ‘नेपाली कांग्रेसको भूमिकाको आवश्यकता देखियो भने हामीले कुनै पनि कम्युनिस्ट एउटा घटकको नेतृत्वमा चाहिँ नेपाली कांग्रेस जाँदैन भन्ने मलाई लाग्छ । जानु हुँदैन भन्ने मेरो व्यक्तिगत मान्यता छ । तर नेपाली कांग्रेसले नै जिम्मेवारी नेतृत्वको जिम्मेवारी लिनुपर्ने आवश्यकता पर्‍यो भने त्यो हामीले लिनुपर्छ । फलानोसँग चाहिँ गर्नुपर्छ फलानोसँग चाहिँ हुँदैन भन्ने बहस छ । नेपाली कांग्रेसको नेतृत्व जसले स्वीकार गर्छ, त्यसमा हामीले यो पक्ष ऊ पक्ष भनिरहनुपर्ने आवश्यकता छैन । नेपाली कांग्रेसको नेतृत्व स्वीकार र सहज शर्तमा ।’

    नेपाली कांग्रेस कम्युनिस्ट कुन पक्षतिर लाग्नेभन्दा पनि कम्युनिस्टहरूलाई आफ्नो राजनीतिमा ल्याउनुपर्ने महतले बताए । आफ्नो पक्षमा राजनीतिमा ल्याउन दीर्घकालीन सोच राख्नुपर्ने डा. महतले बताएका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology