बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

जुलुस गर्ने हो भने न्यायालय किन चाहियो : सभापति देउवा

जुलुस गर्ने हो भने न्यायालय किन चाहियो : सभापति देउवा

  • मिडिया डबली
  • शनिवार, फाल्गुण ८ २०७७

  • 4.3K
    SHARES

  • जुलुस गर्ने हो भने न्यायालय किन चाहियो : सभापति देउवा

    नुवाकोट – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र कानूनको व्याख्या अदालतले मात्र गर्न सक्ने भएकाले अदालतको निर्णय कुर्नुको विकल्प नरहेको बताएका छन् ।

    अदालतको निर्णयअनुसार कांग्रेस अगाडि बढ्ने सभापति देउवाको भनाइ छ ।

    ‘दबाब र जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ?’ सभापति देउवाले शुक्रवार विदुरमा आयोजित कांग्रेस जिल्ला कार्यालय तथा बीपी स्मृति भवन उद्घाटन कार्यक्रममा भने, ‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन । हामी विधि र नीतिलाई मात्र मान्छौं । विचाराधीन मुद्दामा अदालतको निर्णय आउनुअगावै जुलुसमा कति मान्छे आए भनेर हुन्छ ? कांग्रेस निर्वाचन, जनता तथा अन्य कुनै पनि दलसँग डराउँदैन । देश विकासका लागि जनतासँग जान किन डराउने ?’

    देउवाले कांग्रेस निर्वाचनसँग नडराउने बताए । सरकारले घोषणा गरेको निर्वाचन हुने स्थिति आए कांग्रेसले निर्वाचनमा भाग लिने उनको भनाइ थियो ।

    उनले कांग्रेस हार्ने चिन्ता सत्तापक्ष तथा अन्य दलसँग भन्दा पनि आफ्नै दलका नेता, कार्यकर्तामा रहेको बताए । उनले कांग्रेसलाई कांग्रेसले नै हराउने डर मात्र रहेको उल्लेख गर्दै एकजुट भएर फेरि देशको पहिलो ठूलो दल हुने दाबी गरे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend