काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरुबीच थप एकता गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
कोरोना भाइरस व्यवस्थापन सम्बन्धी ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, असल अभ्यास र आगामी बाटो’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मोदीले आपसी एकतामा जोड दिए ।
गोष्ठीमा नेपाल, अफगानिस्तान, बङ्गलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, मरिसस र सेसेल्स देशले सहभागिता जनाएका थिए ।
‘हामीले कोभिड–१९ आकस्मिक कोष बनाएर महामारीविरुद्ध लड्नले खर्च जुटायौं । हामीले आफ्ना स्रोत, औषधी, पीपीई, जाँच उपकरण र महत्वपूर्ण ज्ञान पनि आदानप्रदान गर्यौं,’ मोदीले भने, ‘हाम्रा नागरिक उड्डयन मन्त्रालयहरुले स्वास्थ्य आकस्मिकताका सन्दर्भमा क्षेत्रीय एयर एम्बुलेन्सका लागि सहमति गर्न सक्छौं ? कोभिड खोपको प्रभावकारिता सम्बन्धी आँकडा मिलान गर्ने, संकलन गर्ने क्षेत्रीय मञ्च बनाउन सक्छौं ? भविष्यमा महामारीहरूको रोकथामका लागि प्रविधिद्वारा सञ्चालित संक्रामक रोग अध्ययनलाई प्रोत्साहन गर्ने क्षेत्रीय सञ्जाल बनाउन सक्छौं ?’
मोदीले दक्षिण एशियाली क्षेत्रका सबै मुलुकलाई एकतावद्ध गर्ने तत्त्वमा जोड दिनका लागि गरेका छन् । गरीबी, जलवायु संकट र निरक्षरता जस्ता साझा समस्याविरुद्ध संयुक्त लडाइँ गर्नुपर्नेमा मोदीको जोड छ ।
एक्काईसौं शताब्दी एशियाली शताब्दी भएको बताउँदै उनले दक्षिण एसिया र हिन्द महासागर टापुका मुलुकहरुबीच थप बढी एकता हुनुपर्ने बताए ।
भारत सरकारले नेपालसहित छिमेकी देशलाई कोरोना भाइरस विरुद्धको खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।