आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतमा कोरोना महामारी बढ्दै, शहरी क्षेत्रमा भयावह, ५२ हजार नाघे संक्रमित

भारतमा कोरोना महामारी बढ्दै, शहरी क्षेत्रमा भयावह, ५२ हजार नाघे संक्रमित

  • मिडिया डबली
  • बिहिवार, बैशाख २५ २०७७

  • 7.8K
    SHARES

  • भारतमा कोरोना महामारी बढ्दै, शहरी क्षेत्रमा भयावह, ५२ हजार नाघे संक्रमित

    काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमणले महामारी रुप लिँदै गइरहेको छ ।

    दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएर बुधवारसम्म संक्रमित ५२ हजार नाघेका छन् । पछिल्ला ११ दिनमा संक्रमितको संख्या दोब्बर भएको छ ।

    भारतमा अर्थतन्त्रलाई असर नपार्ने हिसाबले सीमित रुपमा आवश्यक व्यवसाय पुनः खोल्ने निर्णय भएकाले संक्रमणको अर्को लहर निम्त्याउने चिन्ता बढ्दै गएको छ । बुधवार एकैदिन भारतमा ३ हजार ४९० नयाँ संक्रमण पुष्टि भएका छन् भने ९८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतमा कोरोना संक्रमितको जम्मा संख्या ५२ हजार ९६७ पुगेको छ भने १ हजार ७११ जनाको मृत्यु भएको छ । भारतमा पहिलोपटक जनवरी महिनामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    भारतका महाराष्ट्र, गुजरात र दिल्ली प्रान्त कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देखिएका छन् । महाराष्ट्रमा बुधबार १ हजार २३३ नयाँ संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १६ हजार ७५८ पुगेको छ ।

    महाराष्ट्रलाई गुजरातले पछ्याइरहेको छ । गुजरातमा बुधवारसम्म संक्रमित संख्या ६ हजार ६२५ पुगेको छ । बुधबार दिल्लीमा ४२८ नयाँ संक्रमित भेटिएसँगै कुल संक्रमित संख्या ५ हजार ५३२ पुगेको छ ।

    भारतमा शनिवारसम्म १० लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ अप्रिलसम्म ३८ हजार ९१४ जनाको मात्रै कोरोना परीक्षण भएको थियो । भारतीय स्वास्थ्य मन्त्रालयले चाँडै नै परीक्षण दर दैनिकी १ लाखमा पुर्‍याउने तयारी गरेको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्न आह्वान गर्दै आएका छन् । भारतले समेत देशभर लकडाउन गरेर कोरोना रोकथामको प्रयास गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०७७०८:०४:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend