अनेकौं किसिमका घटनाहरु घटिरहने विश्वमा पछिल्लो समय एक अर्काे आश्च्र्यजनक घटना घटेको छ । विश्वभरका सञ्चारमाध्यममा तहल्का मच्चाएको यो घटना रुसको दागेस्तानको हो ।
दागेस्तानमा बसोबास गर्ने महिला आफ्नो घर बाहिरको बगैंचामा सुतिरहेका बेला महिलाको मुखमा सर्प प्रवेश गरेको हो । उक्त सर्प ४ फिट लामो रहेको न्युज१८ले जनाएको छ।
सर्प प्रवेश गरेको केहि समयमा महिलालाई समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। आस्पतालमा चिकित्सकहरुले उक्त सर्पलाई ट्युबको माध्यमबाट महिलाको मुखबाट निकालेका हुन्।
महिलाको घाँटीमा एउटा लामो ट्यूब घुसाइ त्यसको सहायताले सर्पलाई बिस्तारै बाहिर निकालिएको हो। सर्पलाई बाहिर निकालेर त्यसको नाप लिँदा ४ फिट रहेको चिकित्सकहरुले बताएका छन्।
सुतेको समय उनको मुख खुला रहेको र त्यहि समयमा सर्प मुखबाट पसेर घाँटीमा अड्केको थियो। महिलालाई सास फेर्न अफ्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको थियो।
زحف عبر فمها أثناء نومها.. فيديو مروع للحظة سحب ثعبان من حلق امرأة https://t.co/6iUSk3oU2U#البيان_القارئ_دائما pic.twitter.com/3Q1YiYdV7R
— صحيفة البيان (@AlBayanNews) August 31, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।