मंगलवार, चैत्र ६ २०८०Mar 19 2024

Logo
images

प्रदेश सरकारको उथलपुथलमा के चाहन्छन् सभापति देउवा ? कांग्रेसको यस्तो आधिकारिक धारणा

प्रदेश सरकारको उथलपुथलमा के चाहन्छन् सभापति देउवा ? कांग्रेसको यस्तो आधिकारिक धारणा

  • मिडिया डबली
  • शुक्रवार, माघ ९ २०७७


  • प्रदेश सरकारको उथलपुथलमा के चाहन्छन् सभापति देउवा ? कांग्रेसको यस्तो आधिकारिक धारणा

    काठमाडौं – बागमती र १ नम्बर प्रदेशमा मुख्यमन्त्रीहरूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएर उथलपुथल भइरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा गरेको छलफललाई लिएर भ्रम फैलाइएको छ ।

    नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक प्रेस नोट जारी गर्दै सभापति देउवाविरुद्ध फैलाइएको भ्रम निवारणको कोसिस गरेका छन् ।

    images
    images
    images

    ‘दुई प्रदेश सरकारउपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेसले लिनुपर्ने निर्णय सम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सभापति शेरबहादुर देउवाले माघ ७ गते प्रदेश १ तथा माघ ९ गते बाग्मती प्रदेशबाट केन्द्रीय समितिमा रहनुभएका साथीहरूको बैठक बोलाउनुभएको थियो । दुवै बैठकमा नेता रामचन्द्र पौडेलको सहभागिता थियोे,’ प्रेस नोटमा उल्लेख छ, ‘छलफल क्रममा सभापति देउवाले ‘आवश्यक निर्णय गर्न प्रदेश संसदीय दललाई अधिकार दिनु व्यावहारिक र लोकतान्त्रिक हुने’ धारणा राख्नुभएको थियो । तर कतिपय सञ्चार माध्यममा योभन्दा विपरीत अस्पष्ट र भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा ध्यानाकर्षणसहित भ्रम निवाराणार्थ यो प्रेस नोट जारी गरिएको छ ।’

    यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न समेत नेपाली कांग्रेसले सबैमा आग्रह गरेको छ ।

    nccc.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend