मंगलवार, चैत्र ६ २०८०Mar 19 2024

Logo
images

सभापति देउवापक्षीय यी नेता बन्न सक्छन् कांग्रेसको पहिलो मुख्यमन्त्री, पौडेल सकारात्मक !

सभापति देउवापक्षीय यी नेता बन्न सक्छन् कांग्रेसको पहिलो मुख्यमन्त्री, पौडेल सकारात्मक !

  • मिडिया डबली
  • बुधवार, माघ ७ २०७७


  • सभापति देउवापक्षीय यी नेता बन्न सक्छन् कांग्रेसको पहिलो मुख्यमन्त्री, पौडेल सकारात्मक !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रदेश सरकार फेरबदलको कसरत चलिरहेका बेला नेकपाका दुवै पक्षले नेपाली कांग्रेसलाई प्रदेश १ र बाग्मतीमध्ये एउटामा रोजेरै मुख्यमन्त्री दिन सकिने भन्दै गठबन्धनको अफर गरेका छन् ।

    नेकपाका दुवै समूहले मुख्यमन्त्री भागबण्डा गरेर गठबन्धन गर्न औपचारिक प्रस्ताव गरे पनि कांग्रेसले नेताहरुबीच सहमति नहुँदा निर्णय गर्न सकेको छैन ।

    images
    images
    images

    नेकपाको केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीलाई हटाउन १ नम्बर प्रदेश र बाग्मतीमा नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि दुबै पक्षले कांग्रेसलाई मनाउने कसरत जारी राखेका छन् । प्रचण्ड–नेपाल पक्ष दुई वटा प्रदेशमध्ये एउटामा कांग्रेसलाई मुख्यमन्त्री दिन तयार भएपछि ओली पक्षले पनि त्यस्तै ‘ग्रिन सिग्नल’ दिएको छ । दुबै समूहको प्रस्तावमा कारण कांग्रेसमै अन्योल देखिएको छ ।

    सभापति शेरबहादुर देउवाले प्रचण्ड–नेपाल पक्षसँगभन्दा ओली नेतृत्वको नेकपासँग गठबन्धन बनाउन चाहिरहेकाले कांग्रेसले औपचारिक निर्णय लिन सकेको छैन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला सहितका संस्थापनइतरका नेताहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनेर विरोध प्रदर्शन गरिरहेकै बेला ओली पक्षसँगै गठबन्धन गर्दा राम्रो सन्देश नजाने बताउँदै आएका छन् ।

    सभापति देउवा सोमवार कांग्रेसका वरिष्ठ नेता पौडेलसँग प्रदेश सरकार लगायतका मुद्दामा समझदारी जुटाउन बोहराटारस्थित उनकै निवास पुगेका थिए । पौडेल सहितको संस्थापनइतर पक्षले ओलीभन्दा प्रचण्ड–नेपाल पक्षसँगको गठबन्धन प्राकृतिक हुने बताउँदै आएको छ ।

    शक्तिमा रहेका ओलीभन्दा प्रचण्ड–नेपाल पक्षसँग मिल्दा पार्टीका लागि पनि बढी लाभ हुने बुझाइ संस्थापनइतर नेताहरुको छ ।

    महामन्त्री कोइरालाले नेकपाभित्र ओली समूह बलियो भएकाले पनि प्रचण्ड–नेपाल पक्षसँगकै गठबन्धनमा जानुपर्ने आफूहरुको सुझाव रहेको बताए । पुस २४ र माघ २ गते सभापतिसँग भएका भेटमा पनि आफूले त्यहीं सुझाव दिएको उनले जानकारी दिएका छन् ।

    ‘प्रदेश सरकार गठबन्धन र पार्टी महाधिवेशनको प्रक्रियाका लागि अड्किएका विषयमा छलफल गर्न सभापतिजीले बोलाउनुभएकाले म निवासमै गएको हुँ,’ उनले भने, ‘सभापतिजीको झुकाव ओलीजीसँग भएको हो कि जस्तो देखियो । हामीले प्रदेश सरकारमा गठबन्धन गर्ने विषयमा प्रचण्ड–नेपाल पक्षसँग मिल्नुपर्छ भन्यौं ।’

    सोमवार आफ्नै निवासमा आएका सभापति देउवालाई वरिष्ठ नेता पौडेलले पनि यही सुझाएका थिए ।

    प्रचण्ड–नेपाल पक्षका नेताहरूसँग कांग्रेसका दोस्रो पुस्ताका नेताहरूले प्रदेश सरकारका विषयमा अनौपचारिक छलफल गरिरहेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार बाग्मती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिएर प्रदेश सरकारमा प्रचण्ड–नेपाल पक्षसँग गठबन्धन गर्नेबारे छलफल केन्द्रित भएको छ । कांग्रेसले १ नम्बर प्रदेशभन्दा बाग्मती प्रदेशको मुख्यमन्त्री चाहेको छ । संसदीय दलका नेता इन्द्र बानियाँ सभापति देउवानिकट हुन् । उनलाई मुख्यमन्त्री बनाउँदा देउवा पनि खुशी हुने र प्रचण्ड–नेपालको गठबन्धन पनि बन्ने बुझाइ संस्थापन इतरपक्षीय नेताहरुमा छ ।

    प्रचण्ड–नेपाल पक्षका नेता झलनाथ खनालले २ वटा प्रदेश सरकार निर्माणका विषयमा कांग्रेससँग छलफल चलिरहेको बताएका छन् । ‘मुख्यमन्त्रीकै विषयमा कुरा पुगिसकेको छैन । अहिले छलफलकै चरणमा छौं । कांग्रेसलाई सहयोग गर्नुहोस् भनेका छौं । कुरा टुंगिसकेको छैन,’ खनालले भने, ‘कांग्रेसको प्रस्ताव कस्तो आउँछ हेरौं । कांग्रेसले ल्याउने प्रस्तावमा छलफल गर्न खुला छौं ।’

    कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने नेकपाभित्र सांसदहरु तानातान गर्ने क्रम भइरहेका बेला कांग्रेसले अहिल्यै निर्णय लिन उपयुक्त नहुने बताए । नेकपाका दुवै पक्षले मुख्यमन्त्री दिन सक्ने संकेत गर्दै उनले मतदानको बेला आएपछि मात्रै कांग्रेसले निर्णय लिने बताएका छन् । महामन्त्री कोइरालाले भने सभापति देउवाले समझदारी जुटाउन चाहिरहेकाले केही दिनमा निर्णय हुन सक्ने जानकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend