आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

विश्‍वलाई बचाउने नेतृत्वमा भारत, कोरोनाविरुद्धको करोडौं खोप उत्पादन गर्दै

विश्‍वलाई बचाउने नेतृत्वमा भारत, कोरोनाविरुद्धको करोडौं खोप उत्पादन गर्दै

  • मिडिया डबली
  • बुधवार, पौष ८ २०७७

  • 11.6K
    SHARES

  • विश्‍वलाई बचाउने नेतृत्वमा भारत, कोरोनाविरुद्धको करोडौं खोप उत्पादन गर्दै

    काठमाडौं - भारतले कोभिड-१९ विरुद्धको खोप विकास गर्ने काम गरिरहेको छ । भारतले विकास गरिरहेको खोप अन्तिम चरणकोमा रहेको छ । भारतले विश्वलाई नै बचाउनका लागि करोडौं डोज खोप उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ ।

    भारतले आफ्नो मुलुकको स्वास्थ्यका लागि मात्र नभएको विश्वव्यापी स्वस्थताका लागि खोप उत्पादन गर्ने भएको हो । कोरोना महामारीविरुद्धको सामूहिक लडाईंमा भारतले छिमेकी मुलुकहरुसहित विश्वलाई नै खोप उपलब्ध गराउनु आफ्नो दायित्व भएकोसमेत बताएको छ । कोरोना महामारीविरुद्धको विश्वव्यापी लडाईंमा भारत विश्वको फार्मेसीको केन्द्र बनिरहेको छ ।

    यसअघि पनि भारतले कोरोनाविरुद्धको उपचारमा प्रभावकारी मानिएको हाइड्रोक्सीक्‍लोरोक्वाइन र रेम्डेसिभिर पनि अमेरिकासहित विश्वका विभिन्‍न मुलुकहरुलाई उपलब्ध गराएको थियो ।

    भारतले विश्वका विभिन्‍न मुलुकहरुलाई अन्य स्वास्थ्य उपकरणहरु पनि सहयोग गरिरहेको छ । २८ नोभेम्बरसम्मको तथ्यांक अनुसार भारतमा हरेक १० लाख मानिसहरुमा ६ हजार ७३१ मानिसहरु कोरोना संक्रमित भएका छन् ।

    अमेरिकामा हरेक १० लाखमा ४० हजार मानिसहरु कोरोना संक्रमित भएका छन् । बेलायतमा १० लाख मानिसहरु २३ हजार ३६१ जनामा कोरोना संक्रमण भएको छ भने ब्राजिलमा हरेक १० लाखमा २९ हजार १२९, इटालीमा २५ हजार ४५६ मानिसहरु संक्रमित भएका छन् । भारतको तुलनामा विश्वमा सबैभन्दा बढी प्रभावित मुलुकमा हरेक १० लाखमा ४-५ गुणा बढी संक्रमितहरु रहेका छन् । भारतमा हरेक १० लाख ९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    हरेक मानिसको जीवन अमूल्य छ । कुनै पनि एकजनाको जीवन गुमाउने कुरा स्वीकार्य हुँदैन । तर, विश्वका मुलुकहरुले कोरोना संक्रमणबाट आफ्ना नागरिकहरुको जीवन जोगाउन कस्तो भूमिका निर्वाह गरिरहेका छन् भन्‍ने कुरा महत्वपूर्ण हुन्छ ।

    विश्वमा नै आरटी पीसीआरसँगै र्‍यापिड एन्टिजेन परीक्ष गर्ने भारत पहिलो मुलुक हो । सुरुवातमा र्‍यापिड एन्टिजेन परीक्षण गरेको भन्दै भारतको आलोचना गरिएको थियो ।

    तर, पछि विश्व स्वास्थ्य संगठनले नै र्‍यापिड एन्टिजेन परीक्षणलाई स्वीकार गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चमा पहिलो पटक लकडाउन घोषणा गर्दा देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या ५०० मात्र थियो ।

    प्रधानमन्त्री मोदीले उपयुक्त समयमा लकडाउनको घोषणा गरेका थिए । यदि लकडाउन ढिलो गरिएको भए वास्तवमै त्यो लकडाउनले उपयुक्तरुपमा काम गर्नसक्ने अवस्था हुँदैनथ्यो । अहिलेसम्म मुलुकभरका सम्पूर्ण अस्पतालहरु भरिसकेका हुन्थे।

    लकडाउनको समयमा १५ हजार ३६२ कोभिड-१९ स्वास्थ्य सुविधाहरु १५ लाख ४० हजार आइसोलेसन बेड, दुई लाख ७० हजार अक्सिजनसहितका बेडहरु र ७८ हजार आईसीयू बेडहरु तयार गरिएका थिए ।

    यही अवधिमा मुलुकभरका विभिन्‍न सरकारी अस्पतालहरुमा ३२ हजार ४०० भेन्टिलेटरहरु वितरण गरिएका थिए । भारतको संघीय सरकारले ३ करोड ७० लाख एन९५ मास्क, एक करोड ६० लाख पीपीईहरु विभिन्‍न राज्य सरकारहरुलाई उपलब्ध गराइएको थियो ।

    प्रधानमन्त्री गरिब कल्याण प्याकेजअन्तर्गत सरकारले १७० लाख करोड रुपैयाँ बराबरको खाद्यान्‍न र महिला तथा ज्येष्ठ नागरिकहरुलाई नगद प्रदान गरिएको थियो ।

    करिब ४२ करोड गरिब नागरिकरुले सरकारले उपलब्ध गराएको आर्थिक सहायता प्राप्त गरेका छन् । जसमा ६८ हजार ८२० करोड भारतीय रुपैयाँ खर्च भएको छ ।

    १७ हजार ८९१ करोड रुपैयाँ प्रधानमन्त्री-किसान स्किम अन्तर्गत भारतका ९ करोड किसानहरुलाई उपलब्ध गराइएको थियो । भारत सरकारले कोरोना महामारीका समयमा आफ्नो मुलुकसहित विश्वभर संकट व्यवस्थापका लागि ठूलो पहल गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend