आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेपाललाई फाइदा पुग्ने गरी नरेन्द्र मोदीले गरे बंगलादेशसँग सहमति

नेपाललाई फाइदा पुग्ने गरी नरेन्द्र मोदीले गरे बंगलादेशसँग सहमति

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 9.2K
    SHARES

  • नेपाललाई फाइदा पुग्ने गरी नरेन्द्र मोदीले गरे बंगलादेशसँग सहमति

    काठमाडौं – दक्षिणी छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई फाइदा पुग्ने गरी बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग सहमति गरेका छन् ।

    बिहीवार मोदी र हसिनाबीच भएको भर्चुअल बैठकमा नेपाल, बंगलादेश र भारतको बीचमा ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहकार्य गर्ने सहमति भएको छ, यसले नेपाललाई फाइदा पुग्ने जनाइएको छ ।

    ‘हरित, स्वच्छ र नवीकरणीय ऊर्जाका क्षेत्रमा अगाडि बढ्ने दुबै देशको प्रतिवद्धता अनुसार नेपाल र भुटानसँग उपक्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने विषयमा सहमति भएको छ,’ मोदी र हसिनाबीच भएको सहमतिमा उल्लेख छ ।

    यसअघि नै बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गरी जलविद्युत् लैजाने योजना बनाएको छ । अब भारतले ऊर्जा कनेक्टीभिटीमा सहयोग गर्ने भएपछि नेपाली विद्युत् उत्पादन अन्तर्राष्ट्रिय बजारमा व्यापारमा जाने भएको छ ।

    नेपालको जलविद्युत् ऊर्जा बंगलादेश लैजान सहजीकरण गरिदिन बंगलादेशले भारतलाई आग्रह गरिरहेको छ । यसअघि सन् २०१६ मा भारत भ्रमणको समयमा पनि हसिनाले ऊर्जाको विषय निकै जोडतोडका साथ उठाएकी थिइन् । नेपालसँग ऊर्जा सहकार्य गर्न भारत तयार भएपछि अब नेपालले अन्तर्राष्ट्रिय बजारमा जलविद्युत् बिक्रीवितरण गर्न सहज हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १७ २०७७०७:५०:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend