आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मनकारी मोदीको मित्रता : भारतबाट १० लाख डोज कोरोना खोप निःशुल्क नेपाल आउँदै

मनकारी मोदीको मित्रता : भारतबाट १० लाख डोज कोरोना खोप निःशुल्क नेपाल आउँदै

  • मिडिया डबली
  • बुधवार, माघ ७ २०७७

  • 6.2K
    SHARES

  • मनकारी मोदीको मित्रता : भारतबाट १० लाख डोज कोरोना खोप निःशुल्क नेपाल आउँदै

    काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मनकारी नीतिका कारण छिमेकी मित्रराष्ट्रलाई कारोना भाइरस संक्रमणको महामारीका बेला सहयोग पुगेको छ ।

    मोदी नेतृत्वको भारत सरकारले नेपाल सरकारलाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप निःशुल्क दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खोप दिइएकोबारे जानकारी दिएका छन् ।

    अनुदानको खोप बिहीवारदेखि नै आउन थाल्ने मन्त्री त्रिपाठीले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताएका छन् ।

    मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताएका छन् । मन्त्री त्रिपाठीले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद दिएका छन् ।

    ‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्त्वपूर्ण हुनेछ,’ मन्त्री त्रिपाठीले भने ।

    मन्त्री त्रिपाठीले नेपालले खोप खरिदको पनि तयारी गरिरहेको र त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०६:११:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend