काठमाडौं – बुधबार साँझ नेपालमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप कोरोना संक्रमित फेला परेका हुन् ।
पछिल्लो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
सरुवा रोग विज्ञहरूले नेपालमा कोरोनाले भयावह रुप लिनसक्ने चेतावनी दिन थालेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।