शनिवार, माघ १० २०७७Jan 23 2021

Logo
images
images
images
images

नेपालको विद्युत बंगलादेशसम्म लैजान भारतले दियो अनुमति

नेपालको विद्युत बंगलादेशसम्म लैजान भारतले दियो अनुमति

  • मिडिया डबली
  • शनिवार, मंसिर २७ २०७७

  • 1.3K
    SHARES

  • नेपालको विद्युत बंगलादेशसम्म लैजान भारतले दियो अनुमति

     काठमाडौं – नेपाल र भारतका ऊर्जा सचिवहरुको बैठकले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगतिको समीक्षा गरेको छ। बैठकले उक्त परियोजनाको कार्यान्वयनलाई तीव्र बनाउने सहमति पनि दुई देशका अधिकारीबीच भएको छ। दुवै देशका ऊर्जा सचिवहरुको अध्यक्षतामा शुक्रबार भएको ऊर्जा क्षेत्रमा सहकार्य विषयक भारत(नेपाल संयुक्त संचालक समितिको भिडियो कन्फरेन्सले विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति जुटाएको हो।

    नेपाल(भारत संयुक्त संचालक समिति दुई देशका सरकारबीच ऊर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवम् समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र भएको भारतीय दूतावासले जनाएको छ। बैठकमा यस क्षेत्रमा भएका द्विपक्षीय पहलको प्रगतिबारे समीक्षा भएको छ। दुवै पक्षबीच नेपाली ऊर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकिङ्गको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे छलफल भएको छ।

    images
    images

    त्यसैगरी एसजेभिएन लिमिटेडद्वारा प्रर्वद्धित ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगतिको समीक्षा गरी कार्यान्वयन द्रूत बनाउने सहमति पनि भएको छ। ‘यस क्षेत्रको विकासका लागि दुवै देशका सरकारले निकटमा रहेर समन्वय गरिरहेका छन्। फलस्वरुप गएको पाँच वर्षमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको छ। दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर(ढल्केबर विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘४०० केभी क्षमताको गोरखपुर(बुटवल प्रसारण लाइनको वित्तीय मोडालिटिबारे सहमति भइसकेको छ। अब चाँडै यस परियोजना निर्माण सुरु हुनेछ। ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजना निर्माण उल्लेख्य अघि बढेको छ।’

    दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटिलाई छिट्टै अन्तिम रुप दिने पनि सहमति गरेका छन्। दुई देशबीच ऊर्जाको क्षेत्रका सहकार्यलाई थप मजबुत बनाउने कुरामा पनि सहमति जुटेको छ। यसका साथै एकीकृत ग्रीडको विकास एवम् विस्तार, आवश्यकता अनुसार थप अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण, नेपालको जलविद्युत तथा सौर्य ऊर्जा परियोजनामा लगानी लगायतका प्रतिबद्धता पनि गरिएको छ।

    बैठकमा भएको विस्तृत एवम् सकारात्मक छलफलले भारत(नेपाल ऊर्जा सहकार्यलाई विस्तार गर्न थप सघाउ पुर्‍याउने अपेक्षा गरिएको दूतावासले जनाएको छ। बैठकमा विभिन्न मन्त्रालय एवम् विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व नेपालका ऊर्जा सचिव दिनेश कुमार घिमिरेले गरेका थिए।

    बैठकको तयारीस्वरुप हिजै सह(सचिवस्तरीय नेपाल(भारत संयुक्त कार्य समितिको बैठक बसेको थियो। बैठकमा भारतका ऊर्जा सचिव सञ्‍जीव नन्दन सहायसँगै नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा, मन्त्रालयका अधिकारी, भारतीय राजदूतावास, एनएचपीसी लिमिटेड, एनटीपीसी लिमिटेड र भारत सरकार अन्तर्गतको सार्वजनिक निकायका अधिकारीसहित १७ सदस्यीय टोली सहभागी थियो।

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०४:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology