आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेपाल-भारत उडान यथाशीघ्र सञ्चालनमा आउँदै

नेपाल-भारत उडान यथाशीघ्र सञ्चालनमा आउँदै

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 5.8K
    SHARES

  • नेपाल-भारत उडान यथाशीघ्र सञ्चालनमा आउँदै

    काठमाडौं- कोभिड १९ महामारीका  कारण उडान प्रतिबन्ध गरिएको नेपाल-भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली-काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो। 

    मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल(भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने जानकारी दिए। ‘उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ’, उनले भने, ‘यो सब गरी बढीमा दश दिनजति समय लाग्छ।’ 

    सहसचिव लामिछानेका अनुसार सुरुआती चरणमा काठमाडौँ-दिल्ली दुई उडान मात्रै हुनेछन्। एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन्। पछि दुबै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिनेछ।

    कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको  बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो। 

    छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो। गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend