हेटौंडा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण हेटौडा–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैशवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्राधिकरणका नवौँ तहका इञ्जिनीयर जैशवालले प्रसारण लाइनभित्र पर्ने रुख कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० लाख घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी जैशवालविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।