काठमाडौं- बन्द प्रशिक्षणमा सहभागि हुन लागेका नेपाली क्रिकेटका ३ खेलाडीमा कोरोना संक्रमण देखिएको छ।
क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना संक्रमण देखिएको हो।
नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा बोलाएका खेलाडीहरूको हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गराएको थियो । कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आफूमा कोभिड-१९ पोजेटिभ देखिएको जानकारी गराएका छन्।
उनले आफूसँग क्लोज कन्ट्याक्टमा रहेकाहरुलाई डब्ल्युएचओ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ प्रोटोकललाई पालना गर्न पनि अनुरोध गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।