आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शिर्ष स्थानमा

बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शिर्ष स्थानमा

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 7.6K
    SHARES

  • बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शिर्ष स्थानमा

    काठमाडौं– बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। आइतबारको खेलमा जित दर्ता गर्दै रियल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

    रियल सोसीडाडको मैदानमा मड्रिडले २–१ को जित दर्ता गरेको हो । खेलको ३२ औं मिनेटमा मात्र खेलमा गोल गर्ने अवसर जुरेको थियो । रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक एलेक्स रेमिरोले विफल पारे । लगत्तै कासिमिरोले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहारले रेमिरोलाई समस्या दिन सकेन ।

    ४३ औं मिनेटमा रियलले अर्को अवसर सदुपयोग गर्न सकेन । भिनिसियसको प्रहारलाई गोलरक्षक रेमिरोले विफल पारे । उक्त रिबाउन्डमा बेन्जेमाले गोल गर्ने प्रयास गर्दा रेफ्रीले अफसाइडको संकेत दिएका थिए । दोस्रो हाफको सुरुवातमा नै रियल म्याड्रिडले पेनाल्टीको अवसर प्राप्त गर्यो ।

    डिएगो लोरेन्टेले पेनाल्टी क्षेत्रभित्र भिनिसियसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए । सोसीडाडले खेलको ६८ औं मिनेटमा गोल फर्काएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन ।

    वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अदनान जानुजाजले २० यार्ड टाढाबाट गोल गरेका थिए । तर भीएआरले सोसीडाडका मिकेल मेरिनोले अफसाइड अवस्थामा खेलमा प्रभाव पारेको निष्कर्ष निकालेको हो । त्यसको दुई मिनेटपछि नै रियलले अग्रता दोब्बर पार्यो । करीम बेन्जेमाली पेनाल्टी क्षेत्र भित्र बल नियन्त्रणको उदाहरण प्रस्तुत गर्दै गोल गरेका थिए । उनले छातीले बल रोक्दै दोस्रो टचमा बल नियन्त्रण गर्दै पोस्टमा प्रहार गर्दा रेमिरोले बचाउने कुनै अवसर पाएनन् । ७३ औं मिनेटमा एलेक्जेन्डर इसाकको प्रहारलाई रियलका गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट डाइभ दिँदै बचाए ।

    ८३ औं मिनेटमा घरेलु टोलीले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । मिकेल मेरिनोले उत्कृष्ट फिनिस गर्दै खेललाई रोमान्चक मोडमा पुर्याएका थिए । रोबर्टो लोपेजको क्रसमा मेरिनोले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको शक्तिशाली प्रहारलाई कोर्टुवाले बचाउने कुनै अवसर पाएनन् ।

    सोसीडाडले खेलको अन्त्यतिर रियलमाथि दबाब कायम गरेपनि गोल फर्काउन नसक्दा हारको सामना गर्नुपर्यो । यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । म्याड्रिड टोली र साविक विजेता बार्सिलोनाको समान ३० खेलमा ६५ अंक भएपनि हेड टु हेडमा रियल अगाडी रहेको छ । सोसीडाड भने ३० खेलमा ४७ अंकसहित छैटौँ स्थानमा नै यथावत छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७०४:१७:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend