काठमाडौं- भक्तपुर जिल्ला फुटबल संघ पुनर्गठनका विषयमा सर्वोच्च अदालतले एन्फालाई कारण देखाउन आदेश जारी गरेको छ।
एन्फाले असार २ गते भक्तपुर जिल्ला फुटबल संघ पुनर्गठन गरेको थियो। एन्फा कार्यसमितिको आपतकालीन बैठकले किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला तदर्थ समिति गठन गरेको थियो।
संघ पुनर्गठन हुनुअघिका अध्यक्ष गौतम सुजखुले अन्तरिम आदेश माग गर्दै हालेको रिटमा न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले बिहीबार एन्फाका नाममा कारण देखाउन आदेश जारी गरेको हो।
अन्तरिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चले एन्फालाई आदेश दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।