कोरोना भाइरसको संक्रमण रोक्नका लागि माक्स सबैभन्दा उत्त मानिएको छ । यतिबेला मास्क नलगाएरै कतै निश्किनु अभिसाप बन्ने स्थिती छ । यसबीच फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नै मास्क लगाउनै बिर्सिएका छन्।
नेसन्स लिगमा शनिबार राति पोर्चुगल र क्रोएसियाबीच भएको खेलमा आफ्नो टोली पोर्चुगललाई समर्थन गर्न गएका रोनाल्डोले सो क्रममा मास्क लगाएका थिएनन् ।
रोनाल्डोको उक्त भिडियो अहिले समामाजिक सञ्जाल एवं अन्र्तराष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ । मैदानमा रहेका खेलाडी बाहेकका मानिसले मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था छ। तर रोनाल्डोले भने मास्क लगाएका थिएनन्।
भिडियोमा देखिएअनुसार एक महिला स्वयंसेवकले रोनाल्डोलाई मास्क लगाउन भन्छिन्। त्यसपछि रोनाल्डोले मास्क लगाउँछन्।
भिडियाे :
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।