बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस खेलकुद विभागद्वारा साताव्यापी रक्तदान कार्यक्रम उद्घाटन 

कांग्रेस खेलकुद विभागद्वारा साताव्यापी रक्तदान कार्यक्रम उद्घाटन 

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 11.0K
    SHARES

  • कांग्रेस खेलकुद विभागद्वारा साताव्यापी रक्तदान कार्यक्रम उद्घाटन 

    काठमाडौं- कोरोना भाइरसको माहामारी एवं नेपालमा अन्य प्राकृतिक विपत्तीका कारण रगत अभाव हुँदै गइरहेको स्थितीलाई मध्यनजर गर्दै नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागले साताव्यापी रक्तदान कार्यक्रमको उद्घाटन गरेको छ ।

     'रक्तदान जिवनदान' भन्ने मुल नारा सहित  विभागले पुर्व सुचना तथा सञ्चारमन्त्री नेपाली कांग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत एवं नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति पुर्व माननीय मदन अमात्यको उपस्थितिमा आज  (मंसिर ७ गते) कार्यक्रमको उद्घाटन गरेको हो ।

    नेपाली कांग्रेसका प्रभावशाली नेता तथा विभागका सचीव मीन कृष्ण महर्जनको समन्वय तथा खेलकुद विभाग सदस्य नारायण देव राणाको संयोजकत्वमा कार्यक्रमको उद्घाटन गरिएको हो । 

    जनस्वास्थ्यको सवालमा सरकार उदासिन बन्दै गर्दा नेपाली कांग्रेस राष्ट्रको जिम्मेवार पार्टी भएकोले जनताप्रति ऐतिहासिक भुमिका र जिम्मेवारी कायम गर्दै कम्तिमा पनि बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्‍याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको विभागका प्रमुख बस्नेतले बताए ।

    त्यस्तै कार्यक्रममा कांग्रेस ललितपुर जिल्ला सभापती मदन अमात्यले राष्ट्रमै रगतको अभाव भईरहेको अवस्थामा नेपाली कांग्रेस देशभर सक्रियरुपमा यसको पूर्तीका लागि लागेकोमा कृतज्ञता प्रकट गरेका छन् ।

    रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा मङ्सिर १४ गतेसम्म स्वास्थ्य मापदण्ड सहित चल्नेछ र विभागले आदरणीय दिदिबहिनी दाजुभाई तथा तरुण युवाहरुलाई रक्तदानको लागि अपिलसमेत गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend