बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
आजको विशेष

वडा सदस्य जित्न नसक्नेहरू कांग्रेसको केन्द्रीय सदस्य !

वडा सदस्य जित्न नसक्नेहरू कांग्रेसको केन्द्रीय सदस्य !

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २८ २०७७

  • 17.6K
    SHARES

  • वडा सदस्य जित्न नसक्नेहरू कांग्रेसको केन्द्रीय सदस्य !

    काठमाडौं - जस्तो पनि संकट पर्दा आफ्नो साख जोगाएर हुर्किएको नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले पार्टी एकता र एकीकरणका नाममा झिनामसिना व्यक्तिहरूलाई केन्द्रीय सदस्य बनाएपछि बनाएपछि पार्टीमा योगदान गरेका सिनियर नेताहरूको मानमर्दन भएको छ ।

    शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले राप्रपाबाट कांग्रेस प्रवेश गरेकाहरूलाई पदाधिकारी र केन्द्रीय सदस्य बनाएपछि सिनियर नेताहरू रिसाएका हुन् ।

    सुनिलबहादुर थापा जत्तिको नेतालाई सह–महामन्त्री बनाउनु कांग्रेसको उपयुक्त निर्णय थियो । तर, अन्य दश जनालाई पनि केन्द्रीय सदस्य बनाइएको छ । ती दश जनामध्ये पाँच जना बाहेक अरुले वडा सदस्य पनि जित्ने हैसियत राख्दैनन् ।

    वडा सदस्य जित्ने हैसियत नराख्ने ती सबैलाई पार्टी प्रवेशका नाममा केन्द्रीय सदस्य बनाइएको छ । सभापति देउवाले यस्ता हैसियत नै नभएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाउँदा कांग्रेसमा लामो समयदेखि योगदान गरेका कार्यकर्ताको मानमर्दन भएको छ ।

    सभापति देउवा मात्रै होइन बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा.शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरू वडा सदस्य समेत जित्न नसक्नेहरूसँग आगामी बैठकमा एक साथ देखिनेछन् । कांग्रेसको इज्जत र प्रतिष्ठा के हो भन्ने समेत बुझ्न नसक्नेहरू पार्टी नेतृत्वमा बसेका छन् ।

    पार्टी प्रवेश गरेका नेताहरू कुन हैसियतका हुन् भन्ने कुरा उनीहरूको गृहजिल्लामा कांग्रेसको पार्टी सभापतिलाई सोध्ने हो भने प्रष्टै थाहा हुन्छ । तर, देउवाले १४औँ महाधिवेशनमा पार्टी कब्जाको नाममा झिनामसिनालाई केन्द्रीय सदस्य बनाएर आफ्नै प्रतिष्ठामा धावा बोलेका छन् ।

    वडा सदस्यहरू जित्न नसक्नेलाई केन्द्रीय सदस्य बनाएर देउवाले कार्यकर्ताहरूको ठूलो अपमान गरेका छन् । देउवासँग केन्द्रीय कार्यसमितिले देशभरिका नेता तथा कार्यकर्ताहरूको अपमान गरेका छन् ।

    कम्युनिस्टहरूको दब्दबा रहेका बेला देउवासहितका शीर्ष नेताहरूले कांग्रेसलाई कमल थापाले नेतृत्व गरेको राप्रपा जस्तो बनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend