बारा — प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका महासमिति सदस्य आदर्शकोतवाल गाउँपालिका–५ का स्थानीय नेता ४५ वर्षीय मदन मण्डलको निधन भएको छ । उनको शनिबार निधन भएको हो्।
मण्डललाई घटस्थापनादेखि रुघाखोकी र ज्वरो आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि कोल्हवीस्थित क्वारेन्टाइनमा बसेर जाँच गराउँदा कोरोना पुष्टि भएको थियो ।
थप उपचारको लागि वीरगन्ज नारायणी अस्पताल लग्दा त्यहाँ पनि उपचार हुन नसकी थप उपचारको लागि काठमाडौं लग्ने क्रममा शनिबार राति बाटामै निधन भएको मण्डलका छिमेकी महेन्द्र यादवले जानकारी दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।