भारतमा धेरै दिनपछि कोरोना भाइरबाट एक दिनमा हुने संक्रमण दर निकै घटेको छ।
बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४६९ जनामा मात्र कोरोना पुष्टि भएको हो। यही अवधिमा सोही संक्रमणका कारण ४८८ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६हजार ४२९ पुगेको छ भने अहिलेसम्म यसबाट कूल १ लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ।
गत २४ घण्टामा ९ लाख ५८ हजार जनाको कोरोना परीक्षण गरिएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।