काठमाडौं- नेपाली कांग्रेसका सबै सांसदले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । पार्टीका शीर्ष नेताबीच भएको कुराकानीपछि यस्तो निर्णय गरिएको हो ।
यस विषयमा संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए ।
यसअघि नै पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशन पनि दिएका थिए ।
दसैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताएका छन् ।
दसैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दसैंभत्ता फिर्ताको घोषणा गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।