काठमाडाैं - नेपाली कांग्रेस काठमाडाैं महानगरपालिका ९ ले आफ्नो वडाभित्र कोरोना भाइरसको संक्रमणका कारण कसैको मृत्यु भएमा महानगरपालिकाले २५ हजार रुपैयाँ आर्थिक सहयोग मृतकका परिवारलाई दिनुपर्ने माग राखेको छ।
कांग्रेसका सभापति भिमार्जुन आचार्य र सचिव पुस्कर बस्ताकोटीले महानगरका वडा अध्यक्षलाई पत्र लेखेर कोरोना संकटमा जनतालाई कसरी सेवा दिने भन्ने विषयमा वडा कार्यालयको ध्यानाकर्षण गराएका हुन्।
'संक्रमित परिवार र कन्ट्याक्ट टे«सिङ गर्नुपर्ने, संक्रमण भएका घरका छिमेकीहरुलाई प्रभाव नपरोस भनी नजिकका घरहरु स्यानीटाइज गर्नुपर्ने, संक्रमित परिवारलाई सुरक्षाका साधन उपलब्ध गराउनुपर्ने र संक्रमण कम गर्न सचेतना अपनाउनु पर्ने, उपचारको लागि वडाले संयोजन गर्नुपर्ने, वडाभित्र भएका अस्पताललाई वडा भित्रका नागरिक संक्रमित हुँदा ५० प्रतिशत उपचारमा छुट दिनुपर्ने, कोरोनाका कारण, मृत्यू भएमा परिवारलाई २५ हजार आर्थिक सहयोग गर्नुपर्नेलगायतका विषयमा विशेषm ध्यानाकर्षण गराउन चाहन्छौ’ पत्रमा भनिएको छ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।