काठमाडौं - भारतमा केन्द्रीय सरकारका एक मन्त्रीको निधन भएको छ। ७४ वर्षका केन्द्रीयमन्त्री रामविलास पासवानको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।
उनी लामो समयदेखि गम्भीर स्वास्थ्य समस्यासँग जुझिरहेका थिए। केही समयअघि मात्रै उनको मुटुको अप्रेसन गरिएको थियो। दिल्लीको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। पासवान मोदी सरकारको उपभोक्ता मन्त्री थिए। उनको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।