आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेताद्धय गान्धीमाथि लागेका धारा के हुन्, यस्तो छ जेल हाल्ने सजाय !

नेताद्धय गान्धीमाथि लागेका धारा के हुन्, यस्तो छ जेल हाल्ने सजाय !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 7.5K
    SHARES

  • नेताद्धय गान्धीमाथि लागेका धारा के हुन्, यस्तो छ जेल हाल्ने सजाय !

    भारतीय कांग्रेस नेताद्धय एवं महासचिव प्रियंका गान्धी र निवर्तमान अध्यक्ष राहुल गान्धीलाई बिहीबार उत्तर प्रदेशको प्रहरीले पक्राउ गरेको थियो ।

    दुई नेताद्धयमात्रै हैन्, अहिले अन्य करिब २ सय जनाविरुद्ध मुद्दा लगाइएको छ । एक पीडित परिवारलाई भेट्न जाँदा उनीहरुमाथि कानुनी धारा लागेको हो, कस्तो धारा होला पीडितलाई प्रोत्साहन दिन जाँदा सजाय हुने ?

    केहिदिन अघिमात्रै १९ वर्षीया युवतिलाई ४ जनाले बलात्कार गरेर जिब्रो र खुट्टा काटेर फालेका थिए । मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा ती पीडित युवतीको निधन भएको थियो । 

    सोही घटनाका पीडित परिवारजनलाई बिहीबार दुई नेताद्धय भेट्न गइरहेका थिए । पीडित परिवार रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको थियो । 

    आज, गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उलंघन गरेको दाबी गर्दै मुद्दा लगाएको हो ।

    के छ धारा २६९ र २७० मा ?

    भारतीय पत्रिका अमरउजलाका अनुसार धारा २६९ को अर्थ, कुनै पनि किसिमको बिराम सार्नका लागि गरिएको लापरवाही जसले अर्काको ज्यान खतरामा पर्न सक्छ भन्ने बुझाउँछ ।

    त्यस्तै धारा २७० को अर्थ, कुनै पनि बिराम फैलाउनका लागि गरिएको घातक या नोक्सानीपूर्ण काम भन्ने बुझाउँछ ।

    धारा १८८ अनुसार सजाय के छ ?

    यदि कसैले उल्लेखित प्रावधान तोड्छ भने दुई किसिमको सजाय हुन सक्ने भारतीय पत्रिका नवारतटाइम्सले जनाएको छ ।
    जसअनुसार पहिलो,  १ महिना जेल र २ सय रुपैयाँ जरिवाना रहेको छ । त्यस्तै दोस्रो ६ महिना जेल या १ हजार रुपैयाँ जरिवाना रहेको छ ।

    कोरोना भाइरसको माहामारी यता भारतीय प्रहरीले यसअघि पनि यही कानुन अन्तर्गत धेरैलाई पक्राउ गर्दै  आएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend