काठमाडौं- अबदेखि कोरोना भाइरसको परीक्षण निशुल्क गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पिसिआर परीक्षणमा शुल्क नलिने व्यवस्था गर्न परमादेश दिएको हो।
धिवक्ता केशरजंग केसी र लोकेन्द्र वलीले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वाेच्चले परमादेश जारी गरेको हो । सो आदेशसँगै अब पीसीआर परीक्षण निःशुल्क गर्न सरकार बाध्यकारी हुनेछ ।
कोरोना संक्रामक रोग भएको र यस्ता रोगको उपचार सरकारले निःशुल्क गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले दुई हजार रुपैयाँ लिन छुट दिएको छ। सरकारले पीसीआर परीक्षण शुल्क २ हजार तोकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।