काठमाडौ- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा स्थित पेप्सिकोलामा ग्यास सिलिन्डर बिस्फोट हुँदा ५ जना घाइते भएका छन् । बिष्फोटका कारण घरमा समेत क्षति पुगेको छ ।
पेप्सिकोला स्थित कृष्ण कार्कीको घरमा ग्यास सिलिन्डर बिस्फोट भएको हो । बिष्फोटमा परी सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ ।
खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।