काठमाडौं- रुसले निमार्ण गरेको कोरोना भाइरसविरुद्धको खोप नेपाल पनि भित्रिने पक्का भएको छ । मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन सम्झौता भएको हो ।
सम्झौता भएसँगै रुसबाट २ करोड ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन डोज नेपाल आपूर्ति हुने भएको हो । हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेका छन्। खोपले सकरात्मक परिणाम दिइरहेको बताइएको छ।
खोप सफल भएसँगै विश्वभर प्रदान गर्ने तयारीमा रुस रहेको छ । रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।