शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

काठमाडौँमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

काठमाडौँमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 3.4K
    SHARES

  • काठमाडौँमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

    काठमाडौँ- उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा देशभर १  हजार ५  सय १३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ७६ हजार २ सय ५१ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट  ७ सय ३१  जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५ हजार ३ सय ७१ पुगेको छ । हिजो  ७ सय ४२   जना संक्रमित संक्रमणमुक्त भएका थिए, हिजको तुलनामा निको हुनेको संख्या घटेको छ ।

    पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ९१  पुगेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend