काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ५१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ४२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । हिजाे ८ सय ८५ जना संक्रमित संक्रमणमुक्त भएका थिए, हिजकाे तुलनामा निकाे हुनेकाे संख्या घटेकाे छ ।
पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ८१ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।