धारामा आउने पानीमा मानिसको गिदी खाने घातक जीवाणु भेटिएका छन्। अमेरिकाको टेक्सस राज्यमा पर्ने लेक ज्याक्सन भन्ने सहरका धारामा परीक्षण गर्दा खानेपानीमा नेग्लेरिया फाउलेरी नामको जीवाणु पाइएको हो ।
यो जिवाणुले मानिसको मस्तिष्कमा संक्रमण गर्न सक्ने भन्दै धाराको पानी प्रयोग नगर्न त्यहाँका बासिन्दालाई चेतावनी दिइएको छ। नुहाउँदासमेत पानी नाकभित्र नपरोस् भनेर सतर्कता अपनाउन चेतावनी दिइएको बीबीसीले जनाएको छ।
लेक ज्याक्सनका अधिकारीले वितरित पानीलाई संक्रमणरहित बनाउने क्रम जारी रहेको जनाएका छन्। तर यो काम कहिलेसम्म पूरा हुन्छ भन्न नसकिने उनीहरूको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।