काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण भएका, संक्रमितको सम्पर्कमा आएकाहरु, फ्रान्टलाइनमा काम गर्ने लगायतका सरकारले तोकेको मापदण्डभन्दा बाहिरको मानिसहरुलाई टेष्ट गराउनु गलत भएको बताएको छ ।
सोही कारण मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको छ । उनले भनेका छन्, ‘यो निर्णयलाई बैज्ञानिक आधारले पुष्टि गर्दैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।