काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ८५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।
यद्यपी सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ । केही दिन अघि स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन हुने सिफारिस पेश गरेको थियो । पछिल्ला दिनमा निको हुने भन्दा संक्रमितहुनेको संख्या बढ्दो छ ।
यो अवस्था अनुसार हेर्नेहो भने एक सातामै २५ हजार सक्रिय संक्रमित पुग्ने र फेरि लकडाउन हुन सक्ने आशंका बढेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद्ले भने कुनै निर्णय गरेको छैन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।