शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कोरोना परीक्षणमा सरकारकै वितण्डा, २ हजारमा समेत ५ सय बढी लिइरहेको खुलासा

कोरोना परीक्षणमा सरकारकै वितण्डा, २ हजारमा समेत ५ सय बढी लिइरहेको खुलासा

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 4.1K
    SHARES

  • कोरोना परीक्षणमा सरकारकै वितण्डा,  २ हजारमा समेत ५ सय बढी लिइरहेको खुलासा

    काठमाडौं- सरकारले कोरोना भाइरसको परीक्षणका लागि २ हजार रुपैयाँ मुल्य तोकेको छ । यद्यपी नीजि ल्याबहरुले भने ४ हजारदेखि ४५ सय रुपैयाँ लिइरहेका समाचारहरु बाहिर आइरहेका छन् ।

    यसबीच सरकारले समेत प्रति कोरोना परीक्षणमा ५ सय रुपैयाँ बढी लिइरहेको खुलासा भएको छ । विश्व बजारमा अहिले कोरोना भाइरसको परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट सस्तो हुँदै गएको छ ।

    यसबो मुल्य विश्वबजारमा हाल प्रति परीक्षणका लागि बढीमा करिब १४ डलरसम्म पर्ने गरेको छ । तर, नेपालमा सरकारले करिब ५ सय रुपैयाँ बढी लिइरहेको खुलासा भएको हो ।
      
    त्रिभुवन विश्वविद्यालयका आनुवंशिक वैज्ञानिक डा. गिरिराज त्रिपाठीले सरकारले तोकेको दुई हजार शुल्कमा प्रति नमुना पाँच सय रुपैयाँ फाइदा हुने एक सञ्चारमाध्यमलाई बताएका छन् ।

     ‘पिसिआर परीक्षणका लागि पूर्ण रूपमा ल्याब तयार हुन ५० देखि ६० लाख रुपैयाँ खर्च हुने हुन्छ, दैनिक न्यून मात्रामा पिसिआर परीक्षण हुँदा निजी प्रयोगशालाले दुई हजारमा गर्न नसक्लान्,, उनले भनेका छन् । , 'तर अहिले सयभन्दा बढी परीक्षण भइरहेको अवस्थामा  भएमा सरकारले तोकेको शुल्कमा पाँच सय फाइदा हुन्छ। प्राप्त भएका नमुना एक हजार पाँच सयमा पनि परीक्षण गर्न सकिन्छ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend