काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को परीक्षण गर्दा तोकेभन्दा वढी रकम नलिन देशभरका प्रयोगशालाहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै केही निजी क्षेत्रका प्रयोगशालाहरुको परीक्षण नतिजाको विश्वसनियतामाथि प्रश्न उठेको, आवश्यक नपर्ने ब्यक्तिको पनि परीक्षण गर्ने गरेको, सरकारले तोकेको शुल्क भन्दा वढी शुल्क दिएको भन्ने गुनासा आएकोमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय जाँच निर्देशनविपरित अनावश्यक परीक्षण गर्ने, तोकिएका ब्यक्तिबाहेकको परीक्षण गर्ने, तथा सरकारले तोकेको शुल्क भन्दा वढी शुल्क लिने प्रयोगशालाहरुलाई हदैसम्मको कारवाही हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
अहिले देशभरका ५५ मध्ये ४० वटा प्रयोगशालाबाट निशुल्क परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म स्वास्थ्य मन्त्री भानुभक्त ढकालले या मातहतका विभागले कहीँ कतै यसको अनुगमन गरेको पत्तो छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।