आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

शिक्षा क्षेत्रमा भारतीय याेगदान : पुनर्निर्माणबारेको परियोजना वेबसाइटकाे उद्घाटन

शिक्षा क्षेत्रमा भारतीय याेगदान : पुनर्निर्माणबारेको परियोजना वेबसाइटकाे उद्घाटन

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 3.8K
    SHARES

  • शिक्षा क्षेत्रमा भारतीय याेगदान : पुनर्निर्माणबारेको परियोजना वेबसाइटकाे उद्घाटन

    काठमाडाैं- शिक्षा क्षेत्रमा भारतीय याेगदान, पुनर्निर्माणबारेको परियोजना वेबसाइटकाे उद्घाटन काठमाडाैं भारतले नेपालका विविध पक्षमा ठूलाे सहयाेग गर्दै आएकाे छ । यसबीच शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना सहितकाे वेबसाइटसञ्चालनमा आएकाे छ ।

    भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको एक डेडिकेटेड वेबसाइट सञ्चालनमा आएकाे हाे ।

    नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवालीले संयुक्त रुपमा भर्चुअल समारोहमार्फत उक्त वेबसाइटको शुभारम्भ गरेका छन् ।

    भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरुका लागि उक्त वेबसाइट अंग्रेजी र नेपाली दुवै संस्करणमा उपलब्ध हुनुका साथै सो वेबसाइट प्रयोगकर्ता मैत्री पनि छ । www.goicbrinepal.com मा गएर परियोजना सम्बन्धी जानकारी लिन सकिनेछ ।

    उक्त वेबसाइट केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो ।

    वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुका साथै परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनि हो ।

    EigtFElVgAIadWE.jpg

    आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथा प्रकोप न्युनीकरण जस्ता क्षेत्रहरुमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान हो ।

    शिक्षा क्षेत्रका परियोजनाहरुमा यी संस्थानहरुको भूमिकापश्चात केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीलाई भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण प्रयास अन्तर्गत स्वास्थ्य क्षेत्र परियोजनाहरुका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा पनि नियुक्त गरिएको छ ।

    स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीको बीच हालै एउटा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

    भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन् ।

    विशेष गरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५०,००० घरहरु मध्ये ४६,००० घरहरु निर्माण भइसकेको अवस्था छ ।

    ७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरु र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु सहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरु पुनर्निर्माण/रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन् ।

    भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्दै आएकाे छ र भविष्यमा पनि निरन्तर साथ दिने प्रतिवद्वता व्यक्त गरेकाे छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend