बलिउडका स्टार अभिनेता अक्षय कुमार आफैले सधैँजसो गहुँत पिउँने गरेको खुलासा गरेका छन् । उनले 'इन टु द वाइल्ड' कार्यक्रमका प्रस्तोता बेयर ग्रिल्ससँगको एक इन्स्टाग्राम लाइभ सेसनमा आफ्नो फिटनेसको रहस्यमा गहुँत पनि रहेको बताएका हुन् ।
अभिनेता अक्षय कुमारले आफ्नो फिटनेसको कुरा सेयर गर्दै उनले आफु गाईको मुत्र अर्थात गहुँत पिउने गरेको बताएका हुन् । टाइम्सअफ इन्डियाका अनुसार आयुर्वेदिक फाइदाका कारण आफुले गहुँत पिउने गरेको अक्षयकुमारले बताएका छन् ।
गाईको गहुँत हिन्दु दर्शन एवं आयुर्वैदिकरुपले पवित्र एवं शुद्ध मानिने गरेको छ । यसले स्वास्थ्यलाई फाइदा गर्ने समेत आयुर्वैदिकहरु बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।