काठमाडौं- यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी अभिनेत्री श्वेता खड्काले आमाको भुमिका निर्वाह गर्ने भएकी छन् । उने चलचित्रमा मुख्य भुमिका निर्वाह गर्ने भएकी हुन्
चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा आमा र छोरीको भावनात्मक सम्बन्धको कथामा भुमिका निभाउने भएकी हुन्।
कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ।
चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ। डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।